मोका समुद्री तुफानबारे चेतावनी जारी

डिसी नेपाल
२६ वैशाख २०८० १५:३१

काठमाडौं । भारतीय मौसम विज्ञान विभागले मोका चक्रवातको बारेमा चेतावनी जारी गरेको छ। बङ्गालको खाडीमा बनेको चक्रवात निकै भीषण आँधीमा परिणत हुने र हावाको गति प्रतिघण्टा १३० किलोमिटरसम्म पुग्न सक्ने महाशाखाले जनाएको छ ।

सोमबार दक्षिणपूर्वी बंगालको खाडी र नजिकैको दक्षिण अण्डमान सागरमा न्यून चापीय क्षेत्र बनेको छ । मोका चक्रवात मे १२ मा बंगलादेश र म्यानमारको तटमा सर्ने अनुमान गरिएको छ।

पश्चिम बंगालमा मोका चक्रवातको प्रभाव यो आँधी तटीय क्षेत्रबाट बंगलादेशतर्फ कति टाढा पुग्छ भन्नेमा निर्भर गर्दछ। मौसम विभागले पश्चिम बंगाल, ओडिशा र आन्ध्र प्रदेशका लागि पनि अलर्ट जारी गरेको छ।

विभागले साना समुद्री जहाज र माछा मार्नेहरूलाई मंगलबारदेखि बाहिर ननिस्कन आग्रह गरेको छ। यससँगै मे ८ देखि १२ सम्म अण्डमान र निकोबार टापुहरू नजिकैको पर्यटन र ढुवानीलाई सीमित गर्न र नजिकबाट निगरानी राख्न भनिएको छ।

सोमबार पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले एक विज्ञप्ति जारी गर्दै चक्रवातबाट डराउनु पर्ने आवश्यकता नरहेको बताएकी छन् । अप्ठ्यारो परेमा तटीय क्षेत्रका जनतालाई उद्धार गरिने उनले बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *