चीनमा च्याटजीपीटीको दुरुपयोगको मामिलामा पहिलो गिरफ्तारी, नक्कली रेल दुर्घटनाको खबर फैलाइयो

डिसी नेपाल
२६ वैशाख २०८० १७:२१

काठमाडौं । चीन प्रहरीले च्याटजीपीटीको दुरुपयोग गरी झुटा समाचार फैलाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । उक्त व्यक्तिले रेल दुर्घटनाको नक्कली समाचार बनाएर च्याटजीपीटी मार्फत सेयर गरेको आरोप छ। चीनमा च्याटजीपीटीको दुरुपयोगको मामलामा यो पहिलो गिरफ्तारी हो।

चीनको उत्तरपश्चिमी गान्सु प्रान्तको प्रहरीले जारी गरेको विज्ञप्तिमा एआई प्रविधिको माध्यमबाट नक्कली समाचार फैलाएको आरोपमा हङ नामक व्यक्तिलाई पक्राउ गरिएको छ । चिनियाँ प्रहरीको साइबर डिभिजनले सबैभन्दा पहिले यो फेक न्यूजको ध्यानाकर्षण गरायो, जसले २५ अप्रिलमा रेल दुर्घटनामा नौ जनाको मृत्यु भएको दाबी गरेको थियो।

चीनको कोंगटोंग काउन्टीका साइबर सुरक्षा अधिकारीहरूले थाहा पाए कि रेल दुर्घटनाको यो खबर ‘बाइजियाहो’ मा ​​२० भन्दा बढी खाताहरू मार्फत प्रसारित गरिएको थियो। बाइजियाहो चीनको सर्च इन्जिन बैदुको ब्लग शैली प्लेटफर्म हो। यो फेक न्युजको बारेमा प्रशासनको ध्यानाकर्षण हुँदासम्म यसलाई १५ हजारभन्दा बढीले लाइक गरिसकेका थिए ।

गान्सु पब्लिक सेक्युरिटी डिपार्टमेन्टले हङमाथि तनाव बढाउने र मानिसहरूलाई उक्साएको आरोप लागेको बताएको छ। यस्तो अवस्थामा आरोप प्रमाणित भए पाँच वर्षसम्मको सजाय हुनसक्छ । तर मुद्दा गम्भीर पाइएमा १० वर्षसम्म कैद र थप जरिवाना हुनसक्छ ।

च्याटजीपीटी मार्फत फेक न्यूज फैलाउने मामिलामा चीनमा यो पहिलो गिरफ्तारी हो । एआई च्याटबोट एक संवाद ढाँचा प्लेटफर्म हो। यो कुराकानीको लागि अनलाइन प्लेटफर्म जस्तै हो, जहाँ कुनै पनि प्रश्नको जवाफ तयार हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *