महिलाले बलात्कार गर्न खोज्नेको गुप्तांग काटिदिइन्
काठमाडौं । आसामको मोरिगाउँमा एउटा डरलाग्दो घटना सार्वजनिक भएको छ । जहाँ एक महिलाले तन्त्रमन्त्रको नाममा बलात्कार गर्न खोज्ने तान्त्रिकको गोप्य अंग काटिदिएकी छिन् । सोमबार पीडितले प्रहरीमा उजुरी गरेकी थिइन् ।
घटना बोरालीमारीमा भएको हो । प्रहरीका अनुसार महिलाले आत्मरक्षाका लागि उनको गोप्य अंग काटेको दाबी गरेकी छन् । आरोपितले उनलाई बलात्कार गर्न खोजेको आरोप छ । घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको भुरागाउँका प्रहरी इन्चार्ज हेमन्त बोर्गोहैनले भारतीय अखबार अमर उजालालाई बताए ।
घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइतेको पहिचान उस्मान अलीको रूपमा भएको प्रहरीले जनाएको छ । उनी दराङ जिल्लाका बासिन्दा हुन् । घटना लगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
महिलाको उजुरीका आधारमा घाइते विरुद्ध मुद्दा दर्ता गरिएको छ । घाइतेलाई थप उपचारका लागि गुवाहाटी रिफर गरिएको छ । प्रहरीका अनुसार ती पुरुष तान्त्रिक भएको र उपचार गराउन महिलाको घर गएका थिए । थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।
Facebook Comment