सलमान खानलाई धम्की दिएको मामिलामा मुम्बई प्रहरीको लुकआउट सर्कुलर जारी

डिसी नेपाल
२७ वैशाख २०८० १६:३६

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई धम्कीपूर्ण इमेल पठाएको भन्दै मुम्बई प्रहरीले एक विद्यार्थीविरुद्ध लुक आउट सर्कुलर जारी गरेको छ ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार मुम्बई पुलिसले लुक आउट सर्कुलर जारी गरेको व्यक्ति बेलायतमा मेडिकल अध्ययन गरिरहेका छन्।

सलमान खानलाई इमेलमा धम्की दिने विद्यार्थीको पहिचान भएको र उनलाई भारत फिर्ता ल्याउने प्रक्रिया सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।

अनुसन्धानमा ती विद्यार्थी हरियाणा निवासी भएको खुलासा भएको छ । उनी मेडिकल कलेजको तेस्रो वर्षका विद्यार्थी हुन् ।

प्रहरीको आशंका छ कि यी विद्यार्थीले मार्चमा जेलमा रहेका ग्याङ्गस्टर गोल्डी ब्रारको नाममा सलमान खानलाई धम्कीपूर्ण सन्देश पठाएका थिए।

केही दिन अघि सलमान खानलाई इमेलमा धम्की आएको थियो कि उनले ग्याङ्गस्टर लरेन्स बिश्नोईकी सहयोगी गोल्डी ब्रारलाई भेटेर उनीहरुको मतभेद सुल्झाउन चाहन्छन् । र, त्यसो गरेन भने त्यसको परिणाम भोग्न तयार हुनुपर्छ ।

मुम्बई प्रहरीले हालै सलमान खानलाई धम्की दिएको आरोपमा एक नाबालिग केटालाई पक्राउ गरेको छ । केटाले पुलिस कन्ट्रोल रुममा फोन गरेर सलमान खानलाई धम्की दिएको आरोप लागेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *