भक्तपुर चिन्ने मन छ ? दतात्रय आउनुहोस् !
भक्तपुर। पाँंच मिनेटमै समग्र भक्तपुरलाई चिन्ने मन छ, इच्छा छ भने तपाईको लागि अहिले एउटा सुनौलो अवसर छ। भक्तपुरको दतात्रयमा पुगेपछि तपाईले पाँंच मिनेट पनि नलाग्ने गरी समग्र भक्तपुरलाई चिन्ने अवसर प्राप्त गर्न सक्ने छ।
भक्तपुरको दतात्रयमा शुक्रबारदेखि भक्तपुर चिनाउने फोटो प्रदर्शनी सुरु भएको छ। दतात्रयका डी टेम्पल क्याफेभित्रको सानो चोकमा फोटो प्रदर्शनी सुरु भएको हो। यही तस्वीर हेरेपछि तपाईले समग्र भक्तपुरलाई चिन्ने अवसर प्राप्त हुनेछ।
भक्तपुरकै अमित बनमाला र अमेरिकन नागरिक डीजे हिनम्यानको संयुक्त फोटो प्रदर्शनी सुरु भएको हो। अमितको २५ र डीजेको २५ गरी कुल ५० वटा फोटोहरुको प्रदर्शनी सुरु भएको हो।
भक्तपुर इनसाइड एण्ड आउट नाम दिइएको प्रदर्शनीमा अमितका सवै कलर र डीजेका सवै फोटोहरु श्वातश्वेतका छन्। अमित नयाँं पुस्ताको डिजिटल जमानाको भएर कलर र डीजे पुरानो पुस्ताको भएर श्यामश्वेत फोटोहरु प्रदर्शनी गरिएका हुन्।
अमित भक्तपुर नगरपालिका वडा नं १० कै ३२ वर्षीय स्थानीय युवा फोटो पत्रकार हुन् भने डीजे ७५ वर्षीय अमेरिकन नागरिक हुन्। डीजेले वर्षमा एक पटक नेपाल घुम्न आउँंदा पाँंच वर्षमा खिचेका भक्तपुरका तस्वीरहरु प्रदर्शनीमा राखिएका छन्।
तस्वीरमा भक्तपुरको जात्रा, चाँंडपर्व, रहनसहन, जनजीवन, संस्कृति, जीवनशैलिलगायतका तस्वीरहरु छन्। कति तस्वीहरु अहिलेको अवस्थामा देख्न नसकिने लोप भइसकेका तस्वीरहरु समावेश छन्। यसहिसावले सम्पूर्ण फोटोहरुको अवलोकनपछि समग्र भक्तपुरलाई चिन्न सकिन्छ। प्रदर्शनी विहानदेखि बेलुकीसम्म रहने जनाइएको छ।
औपचारिक रुपमा दुईदिन मात्रै प्रदर्शनी रहे पनि अनौपचारिक रुपमा दुईदिनपछि पनि फोटो त्यही नै झुण्डिरहने र हेर्न सकिने जनाइएको छ। प्रदर्शनीको उदघाटन दुवै फोटोग्राफरद्धय अमित र डीजेले संयुक्त रुपमा गरेका थिए। कार्यक्रम उदघाटन समारोहको व्यानरको दुवै छेउमा छोपेर राखेका आआफनो फोटोलाई देखाएर उनीहरुले संयुक्त रुपमा फोटो प्रदर्शनीको उदघाटन गरिएको हो।
कार्यक्रममा वरिष्ठ फोटो पत्रकार मीनरत्न बज्राचार्यले पाँंच मिनेट पनि नलाग्ने समग्र भक्तपुरलाई चिनाउने यो सुवर्ण अवसर भएको बताए। फोटोग्राफी इन भक्तपुरको आयोजना भक्तपुरेन्स इन फोटोग्राफीको आयोजनामा प्रदर्शनी सुरु भएको हो। यो फेसबुक पेज भक्तपुरको फोटोग्राफीलाई अगाडि वढाउन चाहनेहरुको एउटा समूह हो।
भक्तपुरेन्स इन फोटोग्राफी पेजका एडमिनमध्येका एक सुदीप सुवालले भक्तपुरमा आर्ट ग्यालरी वन्दोवस्त नभएको अवस्थासम्ममा यही ठाउँंलाई आर्ट ग्यालरीको रुपमा अगाडि वढाउने योजना रहेको सुनाए। उनले यो पहिलो फोटो प्रदर्शनी रहेर सुरुवाती थालेको र आगामी दिनमा यस्ता क्रियाकलापलाई अझ अगाडि वढाउने योजना रहेको सुनाए। पेजका अर्का एडमिन फोटोग्राफर अमित हुन्। प्रदर्शनीको प्रवेश निःशुल्क रहेको छ।
Facebook Comment