भारतको केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुखमा कर्नाटकका डीजीपी सूद नियुक्त

डिसी नेपाल
३१ वैशाख २०८० १५:३०

काठमाडौं । कर्नाटकका प्रहरी महानिदेशक (डीजीपी) प्रवीण सूदलाई भारत सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) को निर्देशकमा नियुक्त गरेको छ। प्रवीण सूद १९८६ ब्याचका आईपीएस अधिकारी हुन् । सीबीआई निर्देशक पदको दौडमा प्रवीण सुदको नाम पहिले नै अगाडि थियो।

शनिबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदी, सर्वोच्च अदालतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुड र लोकसभामा विपक्षी दलका नेता अधीर रञ्जन चौधरीबीच उच्चस्तरीय बैठक बसेको थियो । स्रोतका अनुसार बैठकमा तीनजना वरिष्ठ आईपीएस अधिकारीलाई सीबीआई निर्देशक पदका लागि छनोट गरिएको थियो। कांग्रेस नेता अधीर रञ्जन चौधरीले भने, ‘समितिले बैठक बसेर तीन जनाको नाम मन्त्रिपरिषद्को नियुक्ति समितिमा पठाएको थियो, जसमध्ये एउटालाई अनुमोदन गरिएको छ ।’

स्रोतका अनुसार बैठकमा कर्नाटक, दिल्ली र अन्य राज्यका वरिष्ठ आईपीएस अधिकारीहरूको नाममा छलफल भएको थियो। सीबीआई निर्देशक सुबोध कुमार जैसवालको दुई वर्षको कार्यकाल यही मे २५ मा सकिँदैछ ।

मुम्बई पुलिसका पूर्व आयुक्त र महाराष्ट्र क्याडरका १९८५ ब्याचका आईपीएस अधिकारी जैसवालले मे २६, २०२१ मा सीबीआईको नेतृत्व लिएका थिए । उनको कार्यकाल यही महिना सकिँदैछ । सीबीआई निर्देशक एक समिति द्वारा चयन गरिन्छ, जसमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र लोकसभामा विपक्षी नेता समावेश हुन्छन्। नियुक्ति दुई वर्षको निश्चित अवधिको लागि गरिन्छ, जबकि कार्यकाल पाँच वर्षसम्म बढाउन सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *