मोका चक्रवातका कारण बंगलादेशको कोक्स बजार जिल्लामा १० हजार घरमा क्षति
काठमाडौं । शक्तिशाली चक्रवात मोका बंगलादेश र म्यानमारको तटीय क्षेत्रमा पुगेको छ । बीबीसी बंगाली सेवाका अनुसार बंगलादेशको कक्स बजार जिल्लामा करिब १० हजार घरमा क्षति पुगेको छ ।
म्यानमार र बंगलादेशमा चक्रवात मोका आएपछि तटीय क्षेत्रका तल्लो क्षेत्रमा बाढी आउनुका साथै रुखहरु ढलेका छन् । कक्स बजारको रोहिंग्या शिविरमा मानिसका सरसामान छरिएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार यस चक्रवातबाट विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविर कोक्स बजार निकै प्रभावित हुने आशंका व्यक्त गरिएको छ ।
बंगलादेशको मौसम विज्ञान कार्यालयले कक्स बजारका लागि शीर्ष १० खतराको संकेत जारी गरेको छ।
तर, यो चक्रवात साँझपछि कमजोर हुने मौसमविद्ले बताएका छन् । तर, हावाहुरी सकिए पनि आगामी दुई–तीन दिनसम्म लगातार वर्षा हुने उनले चेतावनी दिएका छन् ।
कक्सबजारमा हावाहुरी केही कमजोर भएपछि अहिले मानिसहरु घर फर्किरहेका छन् ।
Facebook Comment