इमरान खानको दाबी– ‘सेना प्रमुखको आदेशमा मलाई अपहरण गरिएको हो’
काठमाडौं । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले वर्तमान सरकार र प्रतिष्ठान चुनावसँग डराएको बताएका छन् ।
जेलबाट बाहिर आएपछि बेलायती समाचार च्यानल स्काई न्यूजलाई दिएको अन्तर्वार्तामा पीटीआई प्रमुखले देश अहिले इतिहासकै सबैभन्दा कमजोर लोकतन्त्र भएको र यस्तो अवस्थामा न्यायपालिका मात्रै आशा रहेको बताए ।
उनले भने, ‘सरकारले मलाई इस्लामाबाद उच्च अदालतबाट आतंकवादी हुँ जस्तो गरी गिरफ्तार गर्यो ।
खानले सेना प्रमुख जनरल असिम मुनीरलाई फेरि निशाना बनाएका छन् । ‘सेना प्रमुखको आदेशमा मलाई अपहरण गरिएको हो,’ उनले भने ।
इस्लामाबाद उच्च अदालतले इमरान खानलाई अल-कादिर ट्रस्ट भ्रष्टाचार मुद्दालगायतका मुद्दामा अन्तरिम जमानत दिएको थियो र उनलाई रिहा गर्ने आदेश दिएको थियो।
इमरान खानले सरकारको आलोचना गर्दै भने, “उनीहरूको योजना मलाई र मेरो पार्टीलाई चुनावबाट बहिष्कार गर्ने हो। कुन देशमा सबैभन्दा ठूलो पार्टीको शीर्ष नेतृत्वलाई यसरी गिरफ्तार वा हिरासतमा राखिएको छ ?”
Facebook Comment