चार दशकको दुरीपछि इरान र इजिप्टबीच के वार्ता हुँदैछ ?

डिसी नेपाल
१ जेठ २०८० १२:२१

काठमाडौं । इरान र इजिप्टबीच कूटनीतिक सम्बन्ध पुनर्स्थापनाका लागि वार्ता भइरहेको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

विगत चार दशकदेखि दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध छैन।

इरानका सांसद फदाहोसेन मलेकीले यो चाँडै हुने बताएका छन् । दूतावास खुलेपछि दुवै देशका राष्ट्रपतिबीच भेटवार्ता हुने उनले बताए ।

सन् १९८० मा इजिप्टले इरानका अपदस्थ राजा शाहलाई आफ्नो ढोका खोलेर इजरायललाई मान्यता दिँदा इरान र इजिप्टबीचको सम्बन्ध टुटेको थियो।

हालै साउदी अरेबिया र इरानका अधिकारीबीच चीनको सहयोगमा भएको भेटपछि कूटनीतिक सम्बन्ध पुनर्स्थापनाको अप्रत्याशित घोषणा भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *