थाइल्याण्डको चुनावमा विपक्षी दलको अग्रता, गठबन्धनका लागि वार्ता हुने संकेत

डिसी नेपाल
१ जेठ २०८० १३:३९

काठमाडौं । थाइल्याण्डको आम निर्वाचनपछि मतगणनामा विपक्षी दलहरू अगाडि छन् । नतिजाबाट जनताले सेनाको समर्थनमा रहेको सरकारको विरुद्धमा मतदान गरेको देखिन्छ ।

विपक्षी दलहरू मुभ फर्वार्ड र फिउ थाइले प्रधानमन्त्री प्रयुत चान-ओचाको पार्टीमाथि अग्रता लिइरहेका छन्। नतिजाको प्रारम्भिक प्रवृत्तिपछि दुवै विपक्षी दल गठबन्धनका लागि वार्ताको तयारीमा रहेको देखिन्छ ।

थाइल्याण्डमा यो निर्वाचनलाई देशको राजनीतिको ‘टर्निङ प्वाइन्ट’ भनिएको छ । हालैका वर्षहरूमा देशमा सैन्य विद्रोहहरू देखिएका छन्। सन् २०१४ मा प्रधानमन्त्री आफैंले सैनिक विद्रोहको नेतृत्व गरेका थिए ।

तर अहिले उनलाई मुभ फर्वार्ड र फिउ थाइजस्ता पार्टीबाट कडा चुनौती छ । दुवै दलले सैनिक शासनको विरोध गर्दै आएका छन् । द मूभ फर्वार्ड पार्टीको नेतृत्व पिता लिम जरोनर्टले गरिरहेका छन् जो पूर्व टेक्नोलोजी क्षेत्रका कार्यकारी हुन्।

जबकि फेउ थाईको पार्टीको नेतृत्व पातोङटार्न शिनावात्राले गरिरहेकी छिन् । उनी पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राकी छोरी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *