१२ करोडमा निमार्ण भएको मलयालम फिल्म १ सय करोड क्लब नजिक
काठमाडौँ। जब बलिउड बक्स अफिसमा एक हप्तामा कति कमाई लिन सफल भयो भनेर सबैको नजर परिरहेको हुन्छ।
तर, अपत्यारिलो रुपमा एउटा मलयालम फिल्मले भने बक्स अफिसमा झन्डै १ सय करोडको हाराहारीमा कमाई गरिरहेको छ। एउटा वास्तविक घटनालाई पर्दामा उतारिएको चलचित्र ‘२०१८, एभरीवान इज अ हिरो’ नामक मलयालम चलचित्रले अकल्पनीय रुपमा ग्रस कलेक्सन गरे पछि यसको तारिफ गर्नेहरु दिनप्रतिदिन बढेका छन्। र, सो फिल्म हेरे पछि फिल्म क्रिटिक्सहरुले पनि राम्रो प्रतिक्रिया दिइरहेका छन्।
‘२०१८ः एवरीवन इज ए हीरो’ विश्व भरीका फिल्म घरहरूमा धुम मचाउन सफल भएको हो। फिल्म बजारमा ९ दिनमा नै मलयालम भाषीहरुबाट लगभग ५.६ करोडको कलेक्सन गरेको छ। मोलीउडको इतिहासमा यो पहिलो पटक यति धेरै कलेक्सन गरेको जनाईएको छ।
साथै, विश्वभरीवाट भने ८० करोड भन्दा बढीको कमाई गरिसकेका छ र पब्लिक माउथ प्रोमोसनका कारण झन्डै १०० करोडको हाराहारीमा यसले कमाई गर्ने जनाईएको छ। यो फिल्म जूड एन्थनी जोसेफले निर्देशन गरेका हुन्।
लगभग १२ करोड रुपैँयामा निमार्ण भएको चलचित्रले १ सय करोड बराबर कमाई गरे पछि यसको झन चर्चा परिचर्चा सुरु हुन थालेको छ। यो फिल्म केरलामा गएको एउटा बाढीको घटनामा आधारित रहेको छ।
Facebook Comment