सिंघम अगेनमा विक्कीको प्रवेश
मुम्बई। बलिउडमा वाईआरएफ स्पाई युनिभर्सपछि निर्देशक रोहित सेठ्ठीको कप युनिभर्स प्रतिक्षित फिल्म निर्माणमा अग्रस्थानमा पर्छ। कप युनिभर्सले अजय देवगनलाई लिएर ‘सिंघम’, ‘रणवीर सिंहलाई लिएर ‘सिम्बा’ र अक्षय कुमारलाई लिएर ‘सूर्यवंशी’ निर्माण गरिसकेको छ।
निर्देशक रोहित यतिबेला ‘सिंघम अगेन’को तयारीमा छन्। फिल्म ‘सर्कस’को प्रमोसनका समयमा उनले अभिनेत्री दीपिका पादुकोण नयाँ कप युनिर्भसको चरित्रमा देखिने खुलासा गरेका थिए। अब यो फिल्ममा ‘उरी’ अभिनेता विक्की कौशल पनि जोडिने भएका छन्। विक्कीलाई फिल्ममा लिने विषयमा रोहितसँग छलफल भइसकेको छ।
निर्देशक रोहित विक्कीलाई दिइने चरित्रका बारेमा योजना बनाइरहेका छन्। स्रोतका अनुसार रणवीरको भन्दा विक्कीको कप चरित्र फरक हुनेछ। ‘रोहित विक्कीको हिरोइक चरित्रलाई नयाँ फिल्ममा देखाउन चाहन्छन्’, स्रोतले भन्यो।
रोहित र विक्की तीन वर्षयता नयाँ फिल्मका लागि छलफलमा छन्। उनीहरुको छलफलले यो वर्ष पूर्णता पाउनेमा दुवै ढुक्क छन्। अहिले रोहित फिल्मको स्क्रिप्टको काम गरिरहेका छन्। ‘सिंघम अगेन’मा अजय देवगन, करिना कपुर, रणवीर सिंह, अक्षय कुमार र दीपिका पादुकोणको पनि अभिनय रहनेछ।
Facebook Comment