साउदी अरेबियाले भर्खरै गरेको काम अरब जगतका लागि किन विशेष छ ?

डिसी नेपाल
३ जेठ २०८० १३:४३

काठमाडौं । अरब लिगबाट सिरियाको झण्डै दशक लामो निर्वासन सोमबार समाप्त भएको छ। यसै हप्ता शुक्रबार अरब लिगको बैठक बस्दैछ । सिरियाली प्रतिनिधिमण्डल सोमबार जेद्दा पुगेको छ ।

उक्त प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री फैसल मेकदाद र सूचनामन्त्री बुत्रोस हलाक रहेका छन् । सिरियाली समाचार एजेन्सी सानाले यो जानकारी दिएको हो ।

“म सिरियालाई अरब लिगमा स्वागत गर्दछु,” साउदी अरेबियाको सरकारी टिभी च्यानल अल-इखबरियाका अनुसार साउदीका अर्थमन्त्री मोहम्मद अल-जदानले भने ।

अरब लीगले नोभेम्बर २०११ मा सिरियालाई प्रदर्शनकारीहरूमाथिको क्र्याकडाउनको कारण निष्कासन गर्यो। सिरियामा यो द्वन्द्व पछि गृहयुद्धमा परिणत भयो र करिब ५ लाख मानिस मारिए र लाखौं मानिस घरबारविहीन भए ।

यस महिनाको सुरुमा, अरब लीगले आधिकारिक रूपमा सिरियाली सरकारलाई स्वागत गरेको थियो। सिरियालाई अरब लिगमा फिर्ता ल्याउन संयुक्त अरब इमिरेट्सको भूमिका महत्वपूर्ण रहेको छ । उसले सन् २०१८ मा सिरियासँग सम्बन्ध पुनर्स्थापित गरेको थियो ।

यसैबीच युएईले सिरियाका राष्ट्रपति बसर अल असदलाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप २८) मा सहभागी हुन निम्तो दिएको छ । यो सम्मेलन नोभेम्बरमा हुँदैछ।

सन् २०११ मा अरब स्प्रिंगको लहर सिरियामा पनि पुग्यो र त्यहाँ पनि बसर अल-असदको सरकारविरुद्ध प्रदर्शन सुरु भयो। तर असदमाथि आफ्ना विपक्षीहरूलाई क्रूरतापूर्वक दमन गरेको आरोप लगाइएको छ र यसै कारण टर्की र अरब देशहरूले उनीसँग सम्बन्ध तोडेका छन्। अमेरिका र धेरै पश्चिमी देशहरूले पनि सिरियामाथि विभिन्न प्रतिबन्धहरू लगाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *