सौरभ गांगुलीको सुरक्षा बढाइयो

डिसी नेपाल
३ जेठ २०८० १५:४४

काठमाडौं । पश्चिम बंगाल सरकारले भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा बीसीसीआईका पूर्व अध्यक्ष सौरभ गांगुलीको सुरक्षालाई ‘जेड’ श्रेणीमा अपग्रेड गर्ने निर्णय गरेको छ ।

केही वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले मंगलबार सौरभ गांगुलीको ‘वाई’ श्रेणीको सुरक्षाको म्याद सकिएपछि यो निर्णय लिइएको बताएको छ।

अधिकारीले पीटीआईलाई भने, “कुनै पनि भीभीआइपीको सुरक्षा कभर उसको कार्यकाल पूरा भएपछि प्रोटोकल अनुसार समीक्षा गरिन्छ। यस प्रक्रिया अन्तर्गत गांगुलीको सुरक्षालाई वाइबाट जेडमा बढाउने निर्णय गरिएको छ।”

उनले नयाँ सुरक्षा व्यवस्था अन्तर्गत अब गांगुलीको सुरक्षाका लागि ८ देखि १० जना प्रहरी खटाइने बताए । अहिलेसम्म तीनजना प्रहरी उनीसँगै बस्थे ।

गांगुली हाल आईपीएलमा दिल्ली क्यापिटल्स टोलीसँग आबद्ध छन् र मे २१ मा कोलकाता फर्कनेछन्। सोही दिनबाट उनले जेड श्रेणीको सुरक्षा पाउन थाल्ने छन् ।

पश्चिम बंगालमा, मुख्यमन्त्री ममता बनर्जी, राज्यपाल सीवी आनन्द बोस र तृणमूल कांग्रेसका सांसद र महासचिव अभिषेक बनर्जीले जेड प्लस श्रेणीको सुरक्षा पाउँछन्।

त्यस्तै, फिरहाद हाकिम र मोलोय घटक जस्ता मन्त्रीहरूलाई जेड श्रेणीको सुरक्षा दिइएको छ । भाजपा पश्चिम बंगालका अध्यक्ष सुकान्त मजुमदारलाई पनि जेड प्लस सुरक्षा कभर दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *