चीनले सेनाको मजाक बनाएको भन्दै एक हास्य कम्पनीलाई जरिवाना लगायो

डिसी नेपाल
४ जेठ २०८० १३:४०

काठमाडौं । चीनले आफ्नो चर्चित कमेडी कम्पनीलाई २० लाख डलर जरिवाना लगाएको छ । कम्पनीले कमेडीको नाममा चिनियाँ सेनाको खिल्ली उडाएर अपमान गरेको आरोप छ ।

यस चिनियाँ कम्पनीको नाम साङ्घाई सियाओगुओ कल्चर मिडिया हो। चिनियाँ अधिकारीहरूका अनुसार कम्पनीका एक हास्य कलाकार ली हाओशीले आफ्नो कार्यक्रममा कुकुरलाई चिनियाँ सेनासँग तुलना गरेका थिए।

हास्य कलाकार लीले स्ट्यान्ड-अप कमेडीमा दुई कुकुर र एक लोखर्केको उदाहरण दिँदै भने, “उनले दुईवटा कुकुरलाई लोखर्केलाई पछ्याउँदै गरेको देखे र तिनीहरूले यसरी काम गर्छन्, दुई कुकुरहरू लोखर्केसँग लडिरहेका छन् र तिनीहरू पक्कै पनि लोखर्केसँग युद्ध जित्नेछन्।”

तर, कमेडी कम्पनीले आफूमाथि लगाइएको जरिवाना स्वीकार गर्दै हास्य कलाकार ली हाओसीलाई कम्पनीबाट बर्खास्त गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *