२०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाइने
काठमाडौं। सरकारले सम्वत् २०८०को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने भएको छ ।
सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०\०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सम्वत् २०८०को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने जानकारी दिएका हुन् ।
साथै उनले सन् २०२५ लाई विशेष पर्यटन वर्षको रुपमा मनाउने पनि जानकारी दिए ।
प्रतिक्रिया
Facebook Comment