एमालेले सधैँ देश र जनताको पक्षमा काम गर्छ : महासचिव पोखरेल
![एमालेले सधैँ देश र जनताको पक्षमा काम गर्छ : महासचिव पोखरेल](https://www.dcnepal.com/wp-content/uploads/2023/04/shankar.jpg)
देउखुरी । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीले लोककल्याणकारी राज्य निर्माणमा महत्वपूर्ण योगदान गरेको दाबी गरेका छन् । उनले एमालले सामाजिक सुरक्षाका कार्यक्रम र विकास निर्माणलाई विशेष महत्व दिएको बताए ।
एमाले जिल्ला कमिटी दाङले नेत्रलाल अभागीको ४०औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशको सङ्कट टार्ने विकल्प एमालेसँग मात्रै रहेको ठोकुवा गरे । उनले नेत्रलाल अभागीले दाङको कम्युनिष्ट आन्दोलन, शिक्षा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको स्मरण गरे ।
प्रतिक्रिया
Facebook Comment