इंगेजमेन्ट भइसकेका प्रेमीलाई जेल हाल्ने सईको मृत्युको सीबीआइले छानबिन गर्ने

डिसी नेपाल
७ जेठ २०८० १०:४१

काठमाडौं । सीबीआईले असम पुलिसकी सब इन्स्पेक्टर जुनमोनी राभाको मृत्युको अनुसन्धान गर्नेछ। असमका प्रहरी महानिर्देशक जीपी सिंहले शनिबार पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन्।

यसैबीच, नगाउँका प्रहरी उपरीक्षक लीना डोलेलगायत जिल्लाका केही प्रहरी अधिकारीको तत्काल सरुवा गरिएको छ ।

मृतक जुनमोनीका परिवारले एसपी लीना डोलेमाथि विभिन्न आरोप लगाएका छन् । यसैगरी लखिमपुर जिल्लाका एसपी वेदान्त माधव राजखोवालाई पनि बर्खास्त गरिएको छ ।

ठगी मुद्दामा आफ्नो मंगेतर पक्राउ गरी जेल चलान भएपछि चर्चामा आएकी महिला प्रहरी नायव निरीक्षक जुनमोनी राभाको मंगलबार सडक दुर्घटनामा मृत्यु भएको छ ।

नौगाउँ जिल्लाको मोरीकोलङ प्रहरी चौकीका इन्चार्जका रूपमा कार्यरत जुनमोनीले गत वर्ष जुनमा ‘आपराधिक षड्यन्त्र’ र ‘ठगी’ गरेको आरोपमा उनको मंगेतरलाई पक्राउ गरेकी थिइन् ।

उनी केही महिनादेखि जागिरबाट निलम्बित भएकी थिइन् । जेलबाट छुटेपछि उनको निलम्बन फुकुवा भई उनी पुनः सेवामा सामेल भइन् ।

यसअघि असम सरकारले घटनाको अनुसन्धान आपराधिक अनुसन्धान विभाग (सीआईडी) लाई सुम्पेको थियो। तर विपक्षी दल र धेरै स्थानीय संघसंस्थाले महिला सईको मृत्युको घटनाको उच्चस्तरीय छानबिनको माग गर्दै आएका छन् ।

प्रहरी महानिर्देशकले जनताको माग र भावनालाई ध्यानमा राखेर यो विषय सिबिआईलाई बुझाएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *