युक्रेनका राष्ट्रपतिले भने– बाख्मुत रुसी कब्जामा छैन, वाग्नर समूहको दाबी गलत

डिसी नेपाल
८ जेठ २०८० १६:२०

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बाख्मुतमा रुसले कब्जा गरेको दाबी बिल्कुलै गलत भएको बताएका छन् ।

रुसको तर्फबाट युक्रेनमा लडिरहेको निजी सेना वाग्नरले युक्रेनी सहर बाख्मुत कब्जा गरेको दाबी गरेको छ ।

जापानमा भएको जी–७ देशको सम्मेलनको अन्तिम दिन पत्रकार सम्मेलन गर्दै जेलेन्स्कीले बख्मुतमा भइरहेको लडाइँको विवरण दिन अस्वीकार गरे पनि आजसम्म रुसले बख्मुत कब्जा नगरेको बताए ।

रुसको निजी सेना वाग्नरले युक्रेनी सहर बाख्मुत कब्जा गरेको बताएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले पनि उनको कथित विजयको लागि बधाई दिएका छन्, तर युक्रेनले यी दाबीहरूलाई कडा रूपमा अस्वीकार गरेको छ।

शनिबार, युक्रेनका उप रक्षा मन्त्रीले दावीहरूलाई अस्वीकार गरे, वाग्नरको दावीको कुनै सत्यता नभएको भन्दै उनले सहरको अवस्था चिन्ताजनक रहेको स्वीकार गरे।

बखमुतमा गत अगस्टदेखि भीषण लडाइँ भइरहेको छ । यसलाई युक्रेन र रुस युद्धको सबैभन्दा रक्तपातपूर्ण युद्ध भनिएको छ ।

बाख्मुतमा युक्रेनी सेना, रुसी सेना र निजी सेनाले वाग्नरले कडा प्रतिस्पर्धा गरिरहेका छन्। जसका कारण लामो समयदेखि द्वन्द्व जारी छ ।

रुसी निजी सेना वाग्नरका संस्थापक, येभगेनी प्रिगोजिनले सामाजिक सञ्जालमा आफ्ना केही लडाकुहरूसँगको तस्बिर साझा गर्दै बखमुतलाई कब्जामा लिएको दाबी गरेका थिए।

वाग्नर समूहले बाख्मुट तशहरमा आक्रमणको नेतृत्व गरिरहेको छ। उनीहरुले रुसी लडाकु विमानको सहयोग लिइरहेका छन् ।

यस युद्धमा ठूलो संख्यामा रुसी सैनिक मारिए र यो उसको लागि राम्रो रणनीतिक कदम मानिदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *