टीपु सुल्तानको तरवार बेलायतमा लिलामी, बनायो कीर्तिमान
काठमाडौं । १८ औं शताब्दीको मैसूर शासक टिपु सुल्तानको तरवारले बेलायतमा कीर्तिमानी लिलामी गरेको छ । टिपु सुल्तानको यो तरवार १.४ करोड पाउण्ड (लगभग २ अर्ब २८ करोड रुपैयाँ)मा लिलामी भएको छ ।
टिपु सुल्तानले १७८२ देखि १७९९ सम्म शासन गरेका थिए । यो तरवार टिपु सुल्तानको निजी कोठामा भेटिएको थियो । यो तरवार ईस्ट इन्डिया कम्पनीको सेनाले मेजर जनरल डेभिड बेयर्डलाई प्रदान गरेको थियो।
लिलामी आयोजना गर्ने बोनह्याम्सले यो तरवार सोचेभन्दा धेरै गुणा बढीमा बिक्री भएको बताएको छ । टिपु सुल्तानको तरवार सबै लिलामी रेकर्ड तोड्दै अहिलेसम्मकै सबैभन्दा महँगो भारतीय वस्तु बनेको छ।
बोनहम्स इस्लामिक एण्ड इन्डियन आर्टका प्रमुख ओलिभर ह्वाइटले टिपु सुल्तानसँग सम्बन्धित सबै हतियारमध्ये यो तरवार निकै महत्वपूर्ण रहेको बताए । यससँग टिपु सुल्तानको गहिरो सम्बन्ध थियो । उनको निजी कोठामा भेटिएको थियो । यो तरवारको असाधारण इतिहास छ।
टिपु सुल्तानको तरवारलाई ‘सुखेला’ अर्थात् शक्तिको प्रतीक भनिन्छ । यो तलवान स्टिलले बनेको छ र यसमा उत्कृष्ट सुनको नक्काशी गरिएको छ।
Facebook Comment