उडिरहेको विमानको ढोका खोल्ने व्यक्तिले आफ्नो बयानमा के भने ?

डिसी नेपाल
१४ जेठ २०८० १२:५५

काठमाडौं । एसियाना एयरलाइन्सको विमानको ढोका खोलेको आरोपमा पक्राउ परेका व्यक्तिले सोधपुछका क्रममा जागिर गुमाएका कारण आफू विचलित भएको बताएका छन् । उक्त व्यक्तिले आफूलाई विमानमा निसास्सिएको महसुस भएको बताए ।

उक्त विमान शुक्रबार दक्षिण कोरियाको डेगु अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गर्न सफल भएको थियो । सबै १९४ यात्रु सकुशल छन् । तर, कतिपय यात्रुले सास फेर्न गाह्रो हुने जस्ता समस्या झेल्दै अस्पताल जानुपरेको थियो ।

विमान अवतरण गर्न लागेको बेला उक्त व्यक्तिले ढोका खोलेका थिए, त्यसपछि विमान यस्तै अवस्थामा विमानस्थलमा अवतरण गर्नुपरेको थियो ।

दक्षिण कोरियाको समाचार एजेन्सी ‘योनहाप’ले आरोपित ३० वर्षको भएको र सोधपुछका क्रममा आफू निसास्सिएको महसुस गरिरहेको र सकेसम्म चाँडो बाहिर निस्कन चाहेको बताएको उल्लेख गरेको छ ।

विमानमा सवार केही व्यक्तिले उक्त व्यक्ति आफैंले विमानबाट हाम फाल्ने प्रयास गरेको पनि स्थानीय सञ्चारमाध्यमलाई बताए । उक्त विमानमा धेरै बालबालिका पनि सवार थिए ।

एक महिलाले समाचार एजेन्सीलाई बताइन् कि उनीहरू नराम्ररी काँपिरहेका थिए, रोइरहेका थिए र डराउँदै थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *