मलेसियामाथि ७ विकेटले नेपालको जित
काठमाडौँ। मलेसियासँगको टी–२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ। पाँच टी–२० खेलको शृंखलाअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो।
सोमबार भएको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो। तर, मंगलबार संयम भएर खेलको नेपालले मलेसियाले दिएको ९८ रनको लक्ष्य १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।
यूकेएम क्रिकेट ओभलमा भएको खेलमा नेपालको लागि कप्तान रुविना क्षेत्रीले २१ बलमा ३ चौका र १ छक्का प्रहारसहित अविजित २९ रन बनाइन्। मलेसियाका लागि एइसा इलिसा, निक नुर अटिएला र विनीफ्राइडले १–१ विकेट लिइन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९७ रनको योगफल बनाएको थियो।
नेपालकी कप्तान रुविना क्षेत्रीले २, कविता कुँवर र इन्दू बर्माले एक/एक विकेट लिइन्।
Facebook Comment