दुबईद्वारा नेदरल्याण्डका प्रधानमन्त्रीलाई कोप-२८ को निमन्त्रणा
अबु धाबी । महामहिम शेख मोहम्मद बिन रसिद अल मकतूमले नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटेलाई कोपको कार्यक्रममा सहभागी हुन निमन्त्रणा पठाएका छन् ।
यस नोभेम्बरमा एक्सपो सिटी दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप–२८) का पक्षहरूको सम्मेलनमा भाग लिनका निम्ति निम्तो पठाउँनु भएको हो ।
नेदरल्याण्ड्सका लागि युएईका राजदूत जमाल अल मुशारखले प्रधानमन्त्री रुटेलाई निमन्त्रणा पुर्याउँनु भएको हो ।
प्रतिक्रिया
Facebook Comment