नेपालको विरोधपछि भारतले आफ्नो नयाँ नक्साबारे यस्तो जवाफ दियो

डिसी नेपाल
२० जेठ २०८० ९:५५

काठमाडौं । भारतको नयाँ संसदमा राखिएको नक्सालाई लिएर नेपालबाट उठेको विवादमा भारतले पहिलो पटक आधिकारिक बयान दिएको छ ।

नयाँ संसद भवनमा दक्षिण एसियाको भौगोलिक भित्तेचित्र छ, जसमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि चित्रण गरिएको छ । यस भित्तेचित्रमा पाकिस्तानको तक्षशिला र मानसेरा पनि देख्न सकिन्छ।

आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, “संसदमा जे राखिएको छ त्यसले अशोकको साम्राज्य विस्तार भएको देखाएको छ । यी भित्तेचित्रहरूले अशोकको जिम्मेवार र जनताप्रति समर्पित शासनको वर्णन गर्दछ। भित्तेचित्र र त्यसको अगाडिको फलकले त्यही कुरा बताउँछ।

नेपालसँगको औपचारिक वार्तामा यस विषयमा कुनै कुरा नभएको पनि बागचीले बताए । यसअघि पनि नेपालका धेरै राजनीतिक नेताहरूले यो भित्तेचित्रमाथि प्रश्न उठाएका थिए । नेपालका धेरै इतिहासकारहरूले पनि यसलाई गलत घोषणा गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *