ओडिशा रेल दुर्घटनाका पीडितलाई वीरेन्द्र सहवाग र अडानीले सहयोगको घोषणा गरे

डिसी नेपाल
२२ जेठ २०८० ११:३८

काठमाडौं । पूर्व क्रिकेटर वीरेन्द्र सहवाग र भारतीय व्यापारी गौतम अडानीले ओडिशा रेल दुर्घटनाका पीडितहरूलाई सहयोग गर्न अगाडि आएका छन्। शुक्रबार ओडिशाको बालासोरमा भएको उक्त दुर्घटनामा २७५ जनाको ज्यान गएको थियो ।

पूर्व क्रिकेटर वीरेन्द्र सहवागले यस दुखको घडीमा ज्यान गुमाएका मृतकका छोराछोरीको पढाइको ख्याल गर्ने ट्वीट गरेका छन् । उनले सहवाग इन्टरनेशनल स्कुलको बोर्डिङ सुविधामा यस्ता बालबालिकालाई शिक्षा दिने कुरा गरेका छन् ।

व्यवसायी गौतम अडानीले पनि आइतबार ट्वीट गर्दै रेल दुर्घटनालाई अत्यन्त दुःखदायी भनेका छन् ।

उनले ट्वीट गरे, “ओडिशा रेल दुर्घटनाबाट हामी सबै गहिरो दुःखी छौं। हामीले निर्णय गरेका छौं कि अडानी समूहले यस दुर्घटनामा आफ्ना आमाबाबु गुमाएका निर्दोष बालबालिकाहरूको विद्यालय शिक्षाको जिम्मेवारी लिनेछ।”

“पीडित र उनीहरूका परिवारलाई बल प्रदान गर्नु र बालबालिकालाई राम्रो भविष्य दिनु हामी सबैको साझा दायित्व हो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *