भिडियोमा हेर्नुहोस् यसरी केही सेकेण्डमै भत्किएर नदीमा बिलायो गंगा नदीमा निर्माणाधीन पुल

डिसी नेपाल
२२ जेठ २०८० १२:३९

काठमाडौं । बिहारको भागलपुर जिल्लामा निर्माणाधीन अगुआनी–सुल्तानगञ्ज पुलको एक भाग आइतबार भत्किएको छ । साँझ ६ बजे पुलको एक भाग अचानक भत्कियो । यस मामिलामा हालसम्म कुनै हताहतीको खबर छैन।

डीडी न्यूजले ट्विट गरेको भिडियोमा पुलको एक भाग भत्किएको देखिन्छ। स्थानीय प्रशासनका अधिकारी घटनास्थल पुगेका छन् । बिहारका मुख्यमन्त्री नितिश कुमारले निर्माणाधीन पुल भत्केको विषयमा छानबिन गर्न आदेश दिएका छन् । उनले घटनाका दोषी पत्ता लगाउन पनि आग्रह गरेका छन् ।

भागलपुरका डीडीसी कुमार अनुरागले यो दुर्घटनापछि ब्रिज कन्स्ट्रक्सन कर्पोरेशनसँग रिपोर्ट मागेको बताएका छन् । सुल्तानगञ्जका विधायक ललितनारायण मण्डलले भने, “यो पुल नोभेम्बर–डिसेम्बरमा उद्घाटन गर्ने अपेक्षा गरिएको थियो, तर जसरी यो पुल भत्कियो त्यो दुर्भाग्यपूर्ण छ । यस विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *