साउदी अरेबियाले तेल उत्पादन कटौतीको घोषणालाई सही ठहर्यायो
काठमाडौं । साउदी अरबका उर्जा मन्त्री अब्दुलाजिज बिन सलमानले तेल उत्पादनमा कटौतीको घोषणालाई सही ठहर गरेका छन् । साउदी अरबले प्रतिदिन १० लाख ब्यारेल कटौती गर्ने भएको छ ।
गत आइतबार भियनामा भएको ओपेकको बैठकपछि यो निर्णय गरिएको हो । ओपेक तेल उत्पादक देशहरूको संगठन हो।
बैठकपछि सञ्चारमाध्यमलाई सम्बोधन गर्दै ऊर्जामन्त्री अब्दुलअजिजले भने, ‘बजारलाई स्थिर बनाउन कटौती गर्ने निर्णय गरिएको हो । बजारमा स्थायित्व नआएसम्म यसलाई सावधानीका रूपमा जारी राख्नेछौं।
साउदी अरबले मे महिनामा प्रतिदिन १ करोड ब्यारेल तेल उत्पादन गरेको थियो ।
यो निर्णयपछि अब जुलाईसम्म साउदीको तेल उत्पादन दैनिक ९० लाख ब्यारेलमा झार्नेछ ।
आवश्यक परे साउन महिनापछि पनि यो निर्णयलाई निरन्तरता दिइनेछ ।
ओपेक प्लस राष्ट्रहरुको बैठक हरेक महिना भियनामा हुने गर्दछ ।
बैठकमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य कति दिने भन्ने टुंगो लागेको छ ।
Facebook Comment