पाकिस्तान सरकारको ऋण एक महिनामा १४०० अर्ब रुपैयाँभन्दा बढी थपियो

डिसी नेपाल
२३ जेठ २०८० १३:१९

काठमाडौं । पछिल्लो एक महिनामा पाकिस्तानको बक्यौता ऋणमा १४ खर्ब ७६ अर्ब रुपैयाँले वृद्धि भएको छ । स्टेट बैंक अफ पाकिस्तानको भर्खरै जारी गरेको तथ्याङ्कअनुसार अप्रिलको अन्त्यसम्ममा देशको कुल ऋण वार्षिक रूपमा ३४.१ प्रतिशतले बढेर अहिले ५८.६ खर्ब (१४७६ अर्ब रुपैयाँ) पुगेको छ ।

यसअघि मार्च ३१ सम्म यो ऋण ५७ हजार १२३ अर्ब रुपैयाँ थियो । यो कर्जा वृद्धि २.६ प्रतिशत हो । अप्रिलसम्म पाकिस्तानको कुल सार्वजनिक ऋणको ६२.३ प्रतिशत अर्थात् ३६.५ ट्रिलियन आन्तरिक ऋण छ भने ३७.६ प्रतिशत अर्थात् २२ ट्रिलियन विदेशी ऋण छ।

पछिल्लो एक वर्षमा वैदेशिक ऋणमा ४९.१ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ भने आन्तरिक ऋण २६.४ प्रतिशतले बढेको छ । तर, पाकिस्तानका लागि आईएमएफको कार्यक्रम निलम्बनका कारण मासिक रूपमा विदेशी ऋणको तथ्याङ्कमा कुनै परिवर्तन भएको छैन ।

पाकिस्तान गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ ।

अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन देशले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग बेलआउट प्याकेजको माग गरिरहेको छ। तर धेरै महिनादेखि भइरहेको प्रयास अहिलेसम्म असफल सावित भएको छ ।

एसियाली विकास बैंक (एडीबी) को रिपोर्ट अनुसार गत वर्ष अप्रिलमा इमरान खानले सत्ता छोड्दासम्म जीडीपी ६ प्रतिशत थियो। जबकि चालु आर्थिक वर्षमा देशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर शून्य दशमलव ६ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *