भारतको मध्यप्रदेशमा फेरि अर्को रेल दुर्घटना
काठमाडौं । बालासोर दुर्घटनापछि मध्य प्रदेशको जबलपुरमा मालगाडीका दुईवटा डिब्बा पटरीबाट खसेका छन् ।
रेलवे अधिकारीका अनुसार जबलपुरको शाहपुरा भिटोनीमा एलपीजी बोकेको मालगाडीका दुई डिब्बा पटरीबाट खसेका थिए ।
पश्चिम मध्य रेलवेका सीपीआरओले भने, “हिजो राती एलपीजीले भरिएको मालगाडीका दुईवटा डिब्बा सामान उतार्ने क्रममा पटरीबाट खसेका थिए। घटनापछि रेलको आवतजावतमा कुनै असर परेको छैन । अधिकारीको निगरानीमा बिहानैदेखि मर्मतको काम सुरु भएको थियो ।
यसअघि ओडिशाको बालासोरमा तीनवटा रेल दुर्घटनामा परेका थिए। दुर्घटनामा कम्तीमा २७५ जनाको मृत्यु भएको पुष्टि भएको छ । हाल सीबीआईले यस दुर्घटनाको अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
Facebook Comment