पोप फ्रान्सिसको आन्द्राको शल्यक्रिया गरिने

डिसी नेपाल
२४ जेठ २०८० २२:४३

रोम । पोप फ्रान्सिस आन्द्राको शल्यक्रिया गरिने भएको छ । उनको ठूलो आन्द्रा साँघुरो भएकाले शल्यक्रिया गर्नुपरेको हो ।

सामान्य एनेस्थेसिया दिएर शल्यक्रिया गरिने चिकित्सकहरूले बताएका छन् । रोमको जेमेली अस्पतालमा उनको उपचार हुनेछ ।

भ्याटिकनका अनुसार शल्यक्रियापछि पनि उनलाई चिकित्सकको निगरानीमा राखेर उपचार गर्नुपर्नेछ । शल्यक्रियापछिका संभावित जटिलता तथा आधारभूत चिकित्साका  निम्ति पनि उनी अस्पतालमा रहनुपर्नेछ ।

उपचारका क्रमममा पोप होसमा रहे पनि बेहोस भए पनि एक करोड ३० लाख क्याथोलिकहरू र उनीहरुका गिर्जाघरको  जिम्मेवारी उनमा निहित रहन्छ । दुई वर्षअघि पनि उनले सोही अस्पतालमा उपचार गराएका थिए । पोप फ्रान्सिस ८६ वर्षका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *