ओडिशामा फेरि रेल दुर्घटना, रेलले किचेर थुप्रै मजदुरहरूको मृत्यु
काठमाडौं । बुधबार दिउँसो ओडिशाको जाजपुर रोड रेलवे स्टेशन नजिकै पार्किङ गरी राखिएको मालवाहक रेलले किचेर ६ जना मजदुरको मृत्यु भएको छ ।
रेलमा कुनै इन्जिन थिएन र यो सुरक्षा ट्र्याकमा उभिएको थियो। हावाहुरी र वर्षाका कारण मालगाडीका डिब्बाहरु गुड्न थालेको रेलवेले जनाएको छ ।
घटनाको समयमा ठूलो पानी परिरहेको थियो। वर्षाबाट बच्न मजदुरहरू रेलमुनि बसिरहेका थिए ।
उक्त दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ ।
ईस्ट कोस्ट रेलवेका प्रमुख जनसम्पर्क अधिकारी विश्वजित साहुले बीबीसीलाई भने- “यो दुर्भाग्यपूर्ण घटना हो। घटनाको पूर्ण छानबिन हुनेछ । मारिएका मजदुरले ठेकेदारमार्फत रेलवेको काम गर्दथे । उनीहरू रेलवेका कर्मचारी थिएनन् । यो ट्रेन मनसुन रिजर्व र्याक थियो। आँधीबाट बच्न काम गर्ने क्रममा यी मजदुरहरू रेलमुनि लुकेका थिए।’
हावाहुरी र भारी वर्षाका कारण इन्जिनविनाको मनसुन रिजर्भ रेक सर्न थालेको हो । जसका कारण ६ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । यस सम्बन्धमा रेलवेले आवश्यक कदम चालिरहेको छ।
Facebook Comment