दूरदर्शनकी प्रसिद्ध समाचारवाचिका गीताञ्जली अय्यरको निधन

डिसी नेपाल
२५ जेठ २०८० ११:५९

काठमाडौं । भारतको सरकारी प्रसारक दूरदर्शनकी प्रसिद्ध समाचारवाचिका गीताञ्जली अय्यरको ७२ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

उनी केही समयदेखि पार्किन्सन रोगसँग लड्दै थिइन् । अय्यर परिवारको नजिकको स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले लेखेको छ, ‘बुधवार हिँडेर आएपछि उनी बेहोस भइन्, त्यसपछि उनलाई अस्पताल लैजाने प्रयास गरियो। तर उनको बाटोमै मृत्यु भयो ।’

कोलकाताको लोरेटो कलेजबाट स्नातक गरेकी गीताञ्जली अय्यर सन् १९७१ मा दूरदर्शनमा प्रवेश गरेकी थिइन् । समाचारवाचन गर्ने क्रममा उनले चार पटक बेस्ट एंकरको अवार्ड पनि जितिन् । यससँगै उनले सन् १९८९ मा इन्दिरा गान्धी प्रियदर्शिनी अवार्ड पनि जितेकी थिइन् ।

पत्रकारितासँगै गीताञ्जली अय्यरले अभिनयको दुनियाँमा पनि प्रयास गरिन् । उनले नेसनल स्कूल अफ ड्रामाबाट डिप्लोमा गरिन् र श्रीधर क्षीरसागरको टिभी सिरियल खानदानमा पनि काम गरिन्।

केन्द्रीय सूचना प्रसारण मन्त्री अनुराग ठाकुरलगायत देशका वरिष्ठ पत्रकारहरूले गीताञ्जली अय्यरको निधनमा शोक व्यक्त गरेका छन्।

ठाकुरले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्, ‘गीताञ्जली अय्यरको निधनको खबर सुनेर म निकै दुखी छु । उनी दूरदर्शन र अल इन्डिया रेडियोमा देखा पर्ने सबैभन्दा प्रारम्भिक र उत्कृष्ट अंग्रेजी समाचारवाचक थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *