प्रतिनिधिसभा विषयगत समितिका सभापतिहरुको निर्वाचन भाद्र ५ गते हुँदै

डिसी नेपाल
२८ साउन २०७५ १३:१७

काठमाडौँ । संघीय संसद प्रतिनिधिसभा विषयगत समितिका सभापतिहरुको चयन आगामी भाद्र ५ गते हुने भएको छ। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा अन्तरगतका १० वटा विषयगत समितिका सभापतिहरुको निर्वाचन आगामी भाद्र ५ गते मंगलबार तोकिएको जानकारी दिएका छन्।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनले भाद्र ५ गते मंगलबार विहान ११ बजे समितिका सभापतिहरुको निर्वाचनको मिति तय गरिएको पनि बताए। यसैबीच, संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सभामुख कृष्णबहादुर महराको निर्देशन अनुसार प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरुको निर्वाचनको मिति तोकिएको सूचना जारी गरेका छन्।

प्रतिनिधिसभामा अर्थ समिति, अन्तराष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास तथा प्रविधि समिति, शिक्षा तथा स्वास्थ्य समिति र सार्वजनिक लेखा समिति गरेर १० वटा विषयगत समिति रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *