फ्रान्सको एउटा पार्कमा धेरै मानिसमाथि चक्कु प्रहार, ६ बालबालिका घाइते
काठमाडौं । दक्षिण–पूर्वी फ्रान्सको एन्नेसी सहरमा धेरै मानिसमाथि चक्कु प्रहार भएको खबर आएको छ ।
फ्रान्सेली समाचार एजेन्सी एएफपीले आक्रमणमा ६ बालबालिका घाइते भएको जनाएको छ । फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मिनले संदिग्धलाई पक्राउ गरिएको बताएका छन् ।
फ्रान्सेली मिडियाका अनुसार यो हमला स्थानीय समय अनुसार ९.४५ बजे भएको थियो ।
एएफपीका अनुसार आक्रमणमा घाइते भएका तीन जनाको अवस्था गम्भीर रहेको छ ।
एएफपीले एनेसी सहरको ताल नजिकैको पार्कमा तीन वर्षभन्दा कम उमेरका बालबालिकालाई चक्कु चलाउने संदिग्ध व्यक्तिले आक्रमण गरेको पनि बताएको छ।
संदिग्ध पक्राउ परेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार संदिग्ध व्यक्ति सिरियाली शरणार्थी भएको बताइएको छ।
प्रतिक्रिया
Facebook Comment