अमेरिकामा उड्दै थियो ‘रहस्यमय विमान’, लडाकु विमानले पिछा गरेपछि दुर्घटना
काठमाडौं । अमेरिकाको भर्जिनियामा विमान दुर्घटनाको भएको छ । उक्त विमान दुर्घटनामा विमानमा सवार चारै जनाको मृत्यु भएको थियो । अमेरिकी अधिकारीहरूले यो विमान दुर्घटनाको पुष्टि गरेका छन्। यसअघि उक्त विमान रहस्यमय रहेको बताइएको थियो ।
यो पहिले वासिङ्टनमा उडिरहेको थियो र अमेरिकी लडाकु विमानहरूले यसलाई पछ्याउँदा विमान अनियन्त्रित भएर अमेरिकी राज्य भर्जिनियामा दुर्घटनाग्रस्त भएको थियो। स्थानीय प्रहरीका अनुसार सेनान्डोह उपत्यकाको ग्रामीण भागमा रहेको दुर्घटनास्थलमा उद्धारकर्ताहरू आइपुग्दा जहाजमा सवार कोही पनि जीवित थिएनन्।
अधिकारीका अनुसार अमेरिकाको राजधानी वासिङ्टन डिसीमा पनि सोनिक बूम सुनिएको थियो । जब लडाकु विमानहरूले एउटा सानो विमानलाई पछ्याइरहेका थिए, यो आवाजले मानिसहरू डराए र विमान पछि भर्जिनियामा दुर्घटनाग्रस्त भयो। घटनाको अनुसन्धान गरिरहेको संघीय उड्डयन प्रशासनले पीछा गरेको विमानको नाम सेसना ५६० रहेको जनाएको छ ।
विमान भर्जिनियाको जर्ज वाशिङटन नेशनल फरेस्ट नजिकै दुर्घटनाग्रस्त भएको छ । भर्जिनिया राज्य प्रहरीले आइतबार साँझ करिब ४ बजे फोन आएको बताएको छ । यसै क्रममा प्रहरीले दुर्घटनाको जानकारी पाए । उद्धारकर्ताहरू करिब चार घण्टापछि पैदलै दुर्घटनास्थल पुगेका थिए।
अमेरिकी अधिकारीका अनुसार एफ–१६ ले सबैभन्दा पहिले रहस्यमय विमानलाई उच्च गतिमा पीछा गरेको थियो । त्यसपछि रहस्यमय विमान भर्जिनियाको जर्ज वाशिङटन नेशनल फरेस्ट नजिक दुर्घटनाग्रस्त भएको थियो ।
राष्ट्रिय परिवहन सुरक्षा बोर्डले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ। एफ–१६ लडाकु विमानले यस विमानका पाइलटसँग सम्पर्क गर्ने प्रयास गरे पनि नागरिक विमानका पाइलटबाट कुनै प्रतिक्रिया नआएको उनले बताए । यो सेसना ५६० नामको नागरिक विमान थियो।
यस विमानसँग सम्पर्क गर्ने प्रयास गर्दा पाइलटको तर्फबाट कुनै प्रतिक्रिया नआएको प्रेस विज्ञप्तिमा उल्लेख छ । दुर्घटना नभएसम्म पाइलटलाई सम्पर्क गर्ने प्रयास गरिएको थियो। दुर्घटना हुनुअघि ३१५ माइल यात्रा गरेको विमानमा चार जना सवार रहेको खुलासा भएको छ । यो आफ्नो निश्चित गन्तव्यमा नरहेको उनले बताए ।
Facebook Comment