फिलिपिन्समा ज्वालामुखी बिष्फोटले आपतकाल घोषणा, हजारौंलाई अन्यत्र सारियो
मनिला। फिलिपिन्समा ज्वालामुखी बिष्फोटले आपतकाल घोषणा गर्दै हजारौंलाई अन्यत्र सारिएको छ।
फिलिपिन्सको उत्तरपूर्वी अल्बे प्रान्तमा रहेको मेयोन ज्वालामुखी क्रेटरबाट ६ हजारभन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो।
अधिकारीहरुका अनुसार आउने ज्वालामुखी बिष्फोटपछि हुने धुलाेकाे मुस्लाेले मानिसहरुलाई खतरा निम्त्याउन सक्ने भएकाले खतरा क्षेत्रबाट थप हजारौं मानिसलाई स्थायी रुपमा बाहिर निकाल्नु पर्ने हुन सक्ने प्रहरी अधिकारीहरुले जनाएका छन्।
टाइफून गुचोल क्षेत्रवाट धुलाेकाे आँधी प्रशान्त महासागरबाट फिलिपिन्सतर्फ बढिरहेको उल्लेख गर्दै मेयोनको ढलान नजिक बस्नेहरूका लागि नराम्रो खबर हुन सक्ने भन्दै पुर्वसुचित गरिएको छ।
ज्वालामुखीको परिधिमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेर शिविरमा पठाइएको थियो। गत शुक्रबार नै आपतकालिन अवस्था घोषणा गरेर उनीहरुलाई बाहिर निकालिएको हो। जसकाकारण, विनाशकारी विस्फोटको घटनामा आपतकाल कोषको द्रूत वितरणलाई सहज बनाउन सकियोस भनेर सो कदम चालिएको थियो।
सुरक्षा अधिकारीहरूले बिहीबार ज्वालामुखीको चेतावनी स्तर बढाएका छन् किनभने यसको सतह मुनि ग्यास, ढुंगा र मलबेको अत्यधिक तातो धारहरू रहेका छन्, जसका गतिविधि आगामी दिन वा हप्ताहरूमा खतरनाक विस्फोटन हुन सक्ने भन्दै पूर्व सूचना जारी गरिएको छ।
Facebook Comment