जेलेन्स्कीले युक्रेनले रुसमाथि प्रतिकारात्मक हमला गरेको स्वीकार गरे
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले रुसमाथि प्रतिकारात्मक आक्रमण सुरु गरेको बताएका छन् ।
शनिबार उनले भने, ‘हामीले आत्मरक्षासँगै जवाफी आक्रमण गरेका छौँ । हाम्रो सेनाबाट रुसमा यस्ता आक्रमणहरू भइरहेका छन्।’
तर उनले जवाफी आक्रमणको विवरण नदिने पनि बताए ।
पछिल्लो समाचार अनुसार युक्रेनी सेनाले देशको पूर्वी भागमा रहेको बाख्मुत र दक्षिणमा जापोरिझियामा प्रगति गरिरहेको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार देखाइएको भिडियोमा भने कि रुसले अब युक्रेनले जवाफी कारबाही सुरु गरेको भनी निश्चित रूपमा भन्न सक्छ।
प्रतिक्रिया
Facebook Comment