इमरान खानले पाकिस्तानी सेना प्रमुखलाई के गरे अपिल ?
काठमाडौं । पाकिस्तान तहरिक–ए–इन्साफ पार्टीका अध्यक्ष तथा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले ‘देश विनाशतर्फ गइरहेको कारण संस्थापनलाई समाधान खोज्न आग्रह गर्छु ’ भनेका छन् ।
सामाजिक सञ्जालमा आफ्नो सम्बोधनका क्रममा इमरान खानले भनेका छन्, ‘मलाई कुनै राहत वा सहयोग चाहिँदैन, तर म आफ्नो संस्थापन वा सेना प्रमुखलाई भन्छु कि मसँग कुरा गर्नुहोस् भन्दा कसैले मसँग कुरा गर्दैनन् । म आफ्नो लागि बोल्न चाहन्न । म चोर ढोकाबाट आउन चाहन्न । जनताले भोट गरे मात्रै आउँछु ।”
इमरान खानका अनुसार २७ वर्षदेखि आन्दोलनमा संलग्न व्यक्तिले के सम्झौता गर्छ ? बताउनुहोस् मेरो अन्तस्करणको मूल्य कति छ, म प्रधानमन्त्री भइसकेको छु । म शक्तिशालीलाई कानुनको दायरामा ल्याउन चाहन्छु, मैले गल्ती गरेको छु भनेर बारम्बार भनेको छु । मैले सुरुमै चुनाव गराउनुपर्थ्यो ।”
इमरान खानले भनाई थियो, ‘हरेक दिन नयाँ केस आउँछ तर यसले मलाई चिन्तित गर्दैन। म हरेक केसमा गएर भन्छु कि म यसमा डराएको छैन।
उनले आरोप लगाउँदै भने कि उनीहरू कोही यस्तो खोजिरहेका छन् जसले इमरान खानले कोर कमाण्डरको घर जलाउन भनेका थिए भनेर भनिदेओस् । मलाई सैनिक अदालतमा लगियोस्, सजाय होस्। २७ वर्षको सङ्घर्षपछि पनि जेल जान डर लाग्छ ? मार्ने नियतले गरिएको हमलासँग नडराउने मानिसलाई अरु केको डर लाग्छ ?”
Facebook Comment