राष्ट्रपति पौडेल अस्पताल भर्ना

डिसी नेपाल
३० जेठ २०८० १४:४६

काठमाडौं। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल बाँसबारीस्थित गंगालाल अस्पताल भर्ना भएका छन्।

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई गंगालाल अस्पताल लगिएको थियो।

राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले नियमित चेक जाँच गर्दा डाक्टरले १२ घण्टासम्म निगरानीमा बस्नुपर्ने बताएपछि अस्पतालमा भर्ना गरिएको बताए।

मंगलबार विहान अस्पताल पुगेका राष्ट्रपति पौडेल आजै साँझ नभए भोलि विहानै डिस्चार्ज हुने जानकारी पाएको उनको भनाइ छ।

केही समय अगाडि राष्ट्रपति पौडेल भारतको नयाँ दिल्लीमा उपचार गराएर फर्किएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *