सोया सस चाटेको आरोपमा रेष्टुरेन्टले साना बालकसँग ६ करोड क्षतिपूर्ति माग्यो
काठमाडौं । जापानको प्रसिद्ध सुशी रेष्टुरेन्टले एक जना बालकलाई सोया सस चाटेको आरोपमा ६७ मिलियन येन (६ करोड ३० लाख नेपाली रूपैयाँ) क्षतिपूर्ति माग्दै अदालतमा मुद्दा हालेको छ । बालकले सस चाटेको फुटेज सामाजिक संजालमा भाइरल भएपछि आफ्नो रेष्टुरेन्टलाई ठूलो घाटा लागेको दाबी गर्दै मुद्दा हालेको हो ।
साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्टका अनुसार जनवरीको महिनामा यी बालक रेष्टुरेन्टको एक आउटलेटमा आफ्ना साथीहरूसँग थिए । सोही बेला उनले टेबलमा राखेको सोया सस चाटेको भिडियो फुटेजमा देखिन्छ । यो रेष्टुरेन्टको संचालक कम्पनी अकिनो सुशिरो को.ले ओसाका जिल्ला अदालतमा मुद्दा हालेको हो ।
またもや回転寿司で醤油さしや湯飲みをなめまわす動画が投稿される。#回転寿司 #スシロー pic.twitter.com/wPI9X9dKLX
— 爆サイ.com【公式】ツイッター (@bakusai_com) January 29, 2023
उजुरीमा कम्पनीयो यो भिडियो सामाजिक संजालमा भाइरल भएपछि आफ्नो रेष्टुरेन्टमा ग्राहकको संख्यामा भारी गिरावट आएको र आफ्नो कम्पनीलाई १६ हर्ब येन घाटा लागेको दाबी गरेको छ ।
बालकको तर्फबाट उनका वकिलले बालकले आफूले सस चाटेको कुरा स्वीकार गरेको र उनलाई यसका लागि पछुतो भएको अदालतलाई लिखित रूपमा बताएका छन् । वकिलले अदालतलाई लेखेको पत्रमा यो घटनाकै कारण ग्राहकको संख्यामा गिरावट आएको कुनै प्रमाण नभएको भन्दै मुद्दा खारेज गर्न माग गरेका छन् ।
Facebook Comment