ओलीकृत ‘सुलभ’ कतारमा विमोचन हुने

डिसी नेपाल
३१ जेठ २०८० १९:५७

काठमाडौं। शोभाराम ओलीद्वारा लिखित पुस्तक ‘सुलभ’ कतारमा विमोचन गरिने भएको छ। यही शुक्रबार कतारको दोहा सनैयास्थित फूलबारी रेस्टुरेन्टको सभाहलमा बिहान १० बजे ‘सुलभ’ विमोचन गरिने भएको हो।

दोहामा स्थापित संघसस्था, साहित्यकार, समालोचक तथा पाठकहरूको उपस्थितिमा ‘सुलभु विमोचन गरिनेछ। उक्त विमोचन कार्यक्रममा दोहामा रहेका सबैलाई उपस्थितिका लागि लेखक ओलीले आग्रह गरेका छन्।

एउटा परदेशी नेपाल छोडेर प्रदेश जान्छ। उसको क्षमताले भ्याउने देश। पहुँच न पुगे पनि पुग्नै पर्ने देश। सबैले हल्का सोच्ने देश अझ भनौँ खाडी मुलुकको कतार। खोइ कसरी हो ‘सुलभ’ अर्थात्‌ लेखक शोभाराम ओली तन बोकेर आयो कतार आउँछन् तर लेखले मन भने नेपालमा छोडेका हुन्छन्।

‘सुलभ’को प्रदेश आउने सिलसिला खोइ कति बेला देखि शुरु भयो? ‘सुलभ’ यो प्रश्नको घेराबाट उम्किन कोशिश गर्छ र सम्झिन्छ बचपनका कुरा गाउँका सबै मान्छेहरु धन कमाउन भारत पसे जस्तै पुस्तकका पात्र ‘सुलभ’ मदन ल्हासा गए झैं कतार आइपुगेका हुन्छन्।

लेखक कतार आउनुको कारण धन कमाउने निश्चित उद्देश्यले मात्र थिएन ज्यान बचाउने उद्देश्य पनि थियो। त्यसबखत देशमा १० वर्षे गृहयुद्ध चलिरहेको हुन्छ।

उपन्यासकारले कथा लेख्न शुरु गर्छन्, कथाको शुरूवात छिमेकी मुलुक भारतबाट हुन्छ। कथा भूत, भविष्य र वर्तमान राजनीतिक घनचक्करका बीच समय बित्छ, त्यसभित्रका केही पात्रहरु भारतमै बसेपनि केही पात्रहरु भारत हुँदै नेपाल प्रवेश गर्छन्। उनकै जन्म थलोमा।

भारतबाट नेपाल प्रवेश गर्ने पात्र हुन् गोकुल, रुपलाल, कान्छीमाया र काले। उनका छिमेकी हुन्छन् फुरी लामा, टासी, डोल्मा आदी इत्यादी !

समयको मागले काले पात्र कमरेड तारा भएर गृहयुद्धमा होमिन्छ। सहयोद्धा कमरेड सरुसँग प्रेमपश्चात विवाह बन्धनमा बाँधिन्छन् युद्धको यात्रामा। विद्रोहीको नीति नास्तिक हुँदा उनका लड्ने सेनाहरु आस्तिक भए।

फलामे अनुशासनभित्र प्रेमका बिजहरु रोपिए, फक्रिए, फुले र फैलिए। फूलभित्र फल लाग्दै गर्दा फेरि निमोठिए ती फूलहरु। फूलाबिना उजाड देखिए रक्तिम प्रेमका बस्तीहरु। अझै यसरी भनौँ मदन बिना मुना एक्लिए जसरी।

एकातिर बम र बारुदको गर्जन हुँदा अर्कोतिर आनी र टावाहरु शान्तिको बिगुल फुक्न थाले गुम्बाहरुबाट। अन्ततस् शान्तिको जित भयो। परिवर्तनका किरणहरु बक्लिँदै थिए गाउँ, घर र बस्तीहरुमा। खोइ किन हो समय फेरि बद्लियो।

एकाएक हराए किरणहरु। झनै अँध्यारोले साम्राज्य जमाएपछि त कसको के जोर चल्ने रहेछ र! सुदूर गाउँको देहातमा रहेको संस्कृति, रहनसहनको माला हेर्दै जाँदा सम्झनाको क्यानभासमा कोरिन्छ फल लाग्दै गर्दा निमोठिएको फूल । अन्ततस् त्यही निमोठिएको फूलबाट ‘सुलभ’को जन्म हुन्छ।

यसरी जन्मिएको ‘सुलभ’भित्र देशमा चलेको दश वर्षे द्वन्द्व, बौद्ध दर्शन र प्रदेशका प्रस्वेद भावहरु बोकेर दोहामा स्थापित संघसस्था, साहित्यकार, समालोचक र पाठकहरूका बीच विमोचनको अन्तिम तयारीमा छ, सुलभ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *