अस्ट्रेलियाली सांसद माथि यौन उत्पीडन, सांसद थाेर्पेले रूदैँ भनिन्- महिलाका लागि संसद सुरक्षित छैन्

डिसी नेपाल
१ असार २०८० ९:३७

सिड्नी। अस्ट्रेलियाकी एक महिला सांसदले आफ्नी सहकर्मीमाथि यौन उत्पीडनको गम्भीर आरोप लगाएकी छन्।

सांसद लिडिया थाेर्पेले रुँदै संसद भवन महिलाका लागि सुरक्षित ठाउँ नभएको बताइन्। सिनेटको सम्बोधनमा महिला सांसदले आफ्नो कुरा रूदैँ राखेकी हुन्। महिला सांसदले अहिले संसद भवनकाे कोठाबाट बाहिर निस्कँदा पनि धेरै कुरामा ख्याल गर्नुपर्ने अवस्था आएको बताइन्।

थोरपेले बिहीबार संसदमा जानकारी दिए अनुसार उनीमाथि संसदमा केही शक्तिशाली व्यक्तिहरूले अभद्र टिप्पणी गरेका थिए, उनलाई सिँढीको छेउमा अनुपयुक्त रूपमा छुने काम गरेका थिए। उनका अनुसार साे कार्य कन्जरभेटिभ पार्टीका सांसद डेभिड भानले गरेका हुन्। थोरपेका अनुसार उनलाइ सहकर्मी सांसद माथि लगाएको आरोप फिर्ता लिन दबाब दिएकोसमेत बताइन्।

तर, सांसद भानले भने थाेर्पेले लगाएको यौन उत्पीडनको आरोप अस्वीकार गर्दै आएका छन्। सहकर्मी सांसद थोर्पले लगाएको यौन दुर्व्यवहारको आरोपबाट आफु स्तब्ध भएको उनकाे प्रतिक्रिया छ। साथै, उनले थोर्पले लगाएका सबै आरोप झुटा भएकाेसमेत सञ्चारकर्मीलाई बताएका छन्।

यद्दपी, थोर्पको आरोपपछि लिबरल पार्टीले डेभिड भानलाई निलम्बन गरेको थियो। जानकारीका अनुसार यस विषयमा डेभिड भानले वकिलको पनि सहयोग लिएका छन्।

सांसद थोर्पेले यस प्रकारको यौन दुव्यर्वहार सिकार भएका धेरै महिला सांसदहरू रहेको दाबी गरेकी छन्। ती सांसदले भनिन्, ‘मानिसहरूले मलाई लगातार पछ्याए। मलाई धेरै प्रस्तावहरू दिइयो र अनुपयुक्त रूपमा छुइयो।’ उनका अनुसार संसद बाहिर निस्कन पनि डराउनु पर्ने अवस्था देखियो।

बाहिर निस्कनुअघि अलिकति ढोका खोल्ने र बाटो खुलेपछि मात्र बाहिर निस्कने गरेको उनले बताइन्। उनले थप भनिन, ‘धेरै पटक यस्तो अवस्था आयो कि मलाई बाहिर जानको लागि साथ दिने अब कोही चाहिन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *