नामिबिया सरकारले किन गोही लिलामी गर्दैछ ?

डिसी नेपाल
२ असार २०८० १०:५३

काठमाडौं । नामिबिया सरकारले ४० वटा गोही लिलामी गर्ने निर्णय गरेको छ । त्यहाँ गोहीको आक्रमणबाट धेरै नागरिक तथा पशुपन्छी सिकार भएका छन् र त्यसलाई ध्यानमा राख्दै सरकारले गोही लिलामी गर्ने निर्णय गरेको छ ।

अधिकारीहरुका अनुसार देशका धेरै भागमा गोहीको संख्या बढेको छ र उनीहरु नियन्त्रण बाहिर गएका छन् ।

सरकारका अनुसार धेरै गोही राष्ट्रिय निकुञ्जबाहिर जाने र त्यसले वरपरका बासिन्दाका लागि खतरा हुने गरेको छ ।

सरकारी स्रोतका अनुसार ती गोहीहरूलाई गोहीका लागि उपयुक्त बासस्थान भएको प्रमाणित गर्ने व्यक्तिलाई बेचिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *