आदिपुरुषका विवादित संवादहरु सबै सुधार गर्ने निर्माण टोलीको घोषणा
काठमाडौं । फिल्म ‘आदिपुरुष’ निर्माण टिमले फिल्ममा भएका सबै विवादित संवादहरुलाई संशोधन गर्ने घोषणा गरेको छ । फिल्मका पटकथा तथा संवाद लेखक मनोन मुन्तशीरले सामाजिक संजालमा एक पोस्ट गर्दै फ्यानहरु र सनातन धर्मका अनुयायीहरुलाई आहत गरेका र उनीहरुलाई चित्त नबुझेका संवाद संशोधन गरिने जानकारी दिएका हुन् ।
मनोज मुन्तशीरले आफूले फिल्मका निर्माता तथा निर्देशकसँग यस विषयमा छलफल गरेको र फ्यानहरुलाई आहत गर्ने संवादहरु संशोधन गर्ने निर्णय गरिएको बताएका छन् । उनले यस्तो संशोधन यसै हप्ताभित्र फिल्ममा समावेश गरिने पनि बताएका छन् । उनले ३ घण्टाको फिल्ममा आफूले गरेको कामको प्रशंशा नपाएको तर थोरै अंशका संवादका कारण आलोचनाको सामना गर्नुपरेको भन्दै दुखेको पोखेका छन् ।
प्रतिक्रिया
Facebook Comment