गर्मीका कारण तीन दिनमा ५४ जनाको मृत्यु
काठमाडौं । उत्तर प्रदेशको बलियामा चर्को गर्मीका कारण पछिल्लो तीन दिनमा ५४ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी बिरामीलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।
यो जानकारी बलिया जिल्ला अस्पतालका मेडिकल अफिसर डा एसके यादवले दिएका हुन् । असार १५ देखि १७ गतेसम्म ज्वरो, सास फेर्न गाह्रो भई अस्पतालमा बिरामी भर्ना हुने क्रम बढेको थियो ।
जानकारी अनुसार जुन १५ मा २३, जुन १६ मा २० र १७ असारमा ११ जनाको मृत्यु भएको थियो ।
जिल्लामा बढ्दो मृत्युलाई ध्यानमा राख्दै आजमगढ डिभिजनका अतिरिक्त स्वास्थ्य निर्देशक डा बी.पी. तिवारीले लखनउबाट चिकित्सकको टोली बोलाएका छन् ।
उनी भन्छन् कि लखनउको टोलीले मात्रै आएर मृत्युको कारण पत्ता लगाउनेछ किन कि मानिसहरू यति छिटो मरे।
योसँगै जिल्ला अस्पतालमा आउने बिरामीको संख्या पनि ह्वात्तै बढेको छ । अस्पतालमा पर्याप्त स्ट्रेचर नहुँदा मानिसहरूले बिरामीलाई काँधमा बोकेर आकस्मिक अस्पतालमा लैजान्छन्।
Facebook Comment