भोलिदेखि महानगरभित्र भारतीय चलचित्र चल्न नदिने बालेनको घोषणा

डिसी नेपाल
३ असार २०८० १७:०२

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहले भोलिदेखि काठमाडौं महानगरभित्रका हलहरुमा भारतीय चलचित्र चल्न नदिने घोषणा गरेका छन्। विश्वव्यापी रूपमा प्रदर्शन भईरहेको दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने विवादित संवाद नहटाएपछि उनले भारतीय चलचित्र निषेध गर्ने औपचारिक घोषणा गरेका हुन् ।

उनले सामाजिक संजालमार्फत सीतालाई भारतकी छोरी भनिएको संवाद हटाउन तीन दिनको अल्टिमेटम दिएको तर नहटाएपछि उक्त कदम चालिएको बताएका छन्।

नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने बालेनको भनाई छ।

नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेकोर उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिएकाले उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा महानगरपालिकाभित्र भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गरिएको उनले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *