म यो देश छोड्दिन, जेल जान तयार छु : इमरान खान

डिसी नेपाल
४ असार २०८० १२:२०

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आइतबार सामाजिक सञ्जालमार्फत आफूले कुनै पनि हालतमा देश नछाड्ने बताएका छन् । उनले पाकिस्तानको भविष्यका लागि यो गरिरहेको बताए ।

इमरान खानले आफू जेल जान तयार रहेको र पाकिस्तान साँच्चै स्वतन्त्र नहुँदासम्म आफनो प्रयास जारी रहने बताएका छन् । उनले १९ जुनमा इस्लामावाद जान लागेको बताए । उनले १९ मुद्दामा जमानत पाएका छन् । सरकारले चाहेमा फेरि पनि पक्राउ गर्न सक्छ ।

खानले भने कि मे ९ मा केही व्यक्ति हाम्रो पार्टीका कार्यकर्ताहरूमाझ प्रवेश गरेका थिए जसले पाकिस्तानका महत्त्वपूर्ण प्रतिष्ठानहरूमा आक्रमण गरेका थिए। उनले कमाण्डर हाउसमा गएका आन्दोलनकारीलाई प्रहरीले किन नरोकेको भन्ने जिज्ञासा राखे ।

तहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानले मे ९ मा भएको घटनालाई बहाना बनाएर देशमा कानून र व्यवस्थाको उल्लङ्घन भइरहेको आरोप लगाएका छन् ।

उनका अनुसार जेलबाट फर्किएपछि कार्यकर्ताले गत मे २६ मा केही व्यक्ति आएर कमाण्डरको घर जलाउन र विभिन्न ठाउँमा आगजनी गर्न उक्साएको बताए ।

इमरान खानले यो सबै सोचेर गरिएको षड्यन्त्र भएको बताएका छन् । घटना भएको २४ घण्टाभित्र १० हजार व्यक्ति पक्राउ परेका थिए ।

इमरान खान इस्लामाबाद उच्च अदालतमा बायोमेट्रिक प्रमाणीकरणका लागि जाँदै गर्दा पक्राउ परेको मिति मे ९ थियो । इमरान खान पक्राउ परेपछि पाकिस्तानमा व्यापक प्रदर्शन सुरु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *