चीन पुगेका अमेरिकी विदेशमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई भेट्न पाउलान् ?
काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दुई दिने चीन भ्रमणमा छन् । ब्लिन्केनले हाल चीनका शीर्ष कूटनीतिज्ञ वाङ यी र चिनियाँ विदेशमन्त्री किन गाङसँग भेटघाट गरिरहेका छन्, तर सबैभन्दा ठूलो प्रश्न के हो भने उनले राष्ट्रपति सी जिनपिङसँग भेट गर्नेछन् ?
वाङ यी कम्युनिष्ट पार्टीको केन्द्रीय विदेश मामिला आयोगका प्रमुख हुन्। अमेरिकाले दुई नेताबीचको भेटवार्ताको पुष्टि गरेको छैन, तर यी दुई नेताबीच भेटवार्ता हुने धेरै अनुमान गरिएको छ ।
नोभेम्बर २०२२ मा, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले व्यक्तिगत रूपमा सी जिनपिङलाई भेटेकी थिइन् । यो बैठक थाइल्याण्डमा भएको एसिया प्यासिफिक आर्थिक सहयोग शिखर सम्मेलनमा भएको हो ।
त्यसयता अहिलेसम्म कुनै पनि उच्च अमेरिकी अधिकारीले चिनियाँ राष्ट्रपतिलाई भेटेका छैनन्।
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले आइतबार चिनियाँ समकक्षी किन गाङसँग भेट गरी सँगै डिनर गरेका थिए। यो बैठक निर्धारित समयभन्दा करिब १ घण्टा बढी अर्थात आठ घण्टा चलेको थियो ।
आइतबार राति एक प्रेस ब्रिफिङमा अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले अमेरिका चीनसँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्नेतर्फ अघि बढिरहेको बताए।
दुई नेताबीच अमेरिका र चीनबीच चलिरहेको मतभेदबारे पनि छलफल भएको बताइएको छ ।
Facebook Comment