विवाहको ११ वर्षपछि पिता बने ‘आरआरआर’ अभिनेता रामचरण, श्रीमतीले जन्माइन् छोरी

डिसी नेपाल
५ असार २०८० १०:३०

काठमाडौँ। साउथका चर्चित स्टार रामचरण पिता बनेका छन्। उनकी श्रीमती उपासना कामिनेनीले एउटा सानो परीलाई जन्म दिएकी छिन्।

हिजो राति, अभिनेता आफ्नी श्रीमती र आमाबाबुको साथ हैदराबादको अस्पतालमा प्रवेश गरेको देखियो। त्यसयता फ्यानहरु शुभ समाचारको प्रतिक्षामा थिए।

अन्ततः उपासना र रामचरणले फ्यानलाई खुसीको खबर दिएका छन्। यो खुसीको खबर अस्पतालले दिएको छ। अस्पतालको मेडिकल बुलेटिनमा लेखिएको छ- मिस उपासना कामिनेनी र राम चरणले २० जुन २०२३ मा अपोलो अस्पताल जुबली हिल्स, हैदराबादमा छोरी जन्माएकी छन्।

आमा र बच्चा स्वस्थ रहेको अस्पतालले जनाएको छ। यो खुसीको खबर बाहिर आएसँगै फ्यान र सेलिब्रेटीले जोडीलाई बधाई दिन थालेका छन्।

रामचरण र उपासनाले डिसेम्बर २०२२ मा फ्यानहरूसँग खुसीको खबर साझा गरे। यो जोडीको पहिलो सन्तान हो।
विवाहको ११ वर्षपछि दम्पतीको घरमा खुशी आएको छ। उनीहरुले १४ जुन २०१२ मा विवाह गरेका थिए। उपासनाले अण्डा फ्रिज गरिन् ।

उपासना आफ्नो करियरमा ध्यान दिन चाहन्थिन्। उनलाई आमा बन्न समय लाग्ने थाहा थियो। आफ्नो करियरको उत्कृष्ट चरणमा आउँदै, उनले बच्चाको योजना बनाए। रामचरण साउथका ठूला स्टार हुन्। र उनकी श्रीमती उपासना उद्यमी हुन्। दुवैको जोडी एकअर्काका लागि बनेको देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *