जीप दुर्घटनामा मन्त्रीसहित पाँचजना घाइते
बझाङ। बझाङमा आज जीप दुर्घटना हुँदा सुदूरपश्चिम प्रदेशका एक मन्त्रीसहित पाँचजना घाइते भएका छन्। दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह घाइते भएका छन्।
प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीका अनुसार डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको मन्त्री सिंह सवार ००१ झ ४८० नम्बरको जीप केदारस्यूँ गाउँपालिकाको बागथलामा दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते अन्यको नाम र ठेगाना खुल्न सकेको छैन। मन्त्री सिंहसहित घाइतेको स्थानीय रायल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
थप उपचारका लागि हेलिकोप्टर मगाइएको प्रहरीले जनाएको छ। जीप सडकबाट झण्डै एक सय मिटर तल खोलामा खसेको थियो।
प्रतिक्रिया
Facebook Comment